आ.व. २०८३/०८४ मा सुचि दर्ताको लागि सार्वजनिक सूचना
Notice
२०८३/०४/१३
आ.व. २०८३/०८४ मा आवश्यक परेका बखत विविध वस्तु तथा सेवा खरिद गर्नुपर्ने भएकोले इच्छुक इजाजतपत्र प्राप्त व्यक्ति, फर्म, कम्पनी एवं संस्थाहरुलाई सुचि दर्ताको लागि सार्वजनिक सूचना
प्रथम पटक प्रकाशित (मिति २०८३ श्रावण १३ गते)
नेपाल कृषि मेशिनरी व्यवसायी संघको लागि आ.व. २०८३/०८४ मा संचालन गरिने विभिन्न तालिम, प्रदर्शनी, लगायत अन्य कार्यक्रमहरुका लागि आवश्यक पर्ने स्टेशनरी मालसामानहरु, छपाई सम्बन्धी कार्य, विभिन्न प्रकारका फर्निचर तथा फर्निसिङ्ग, कम्प्युटर, प्रिन्टर, फोटोकपी मेशिन, स्टल निर्माण, सुरक्षा गार्ड, स्टेज निमार्ण, परामर्श सेवा खरिद, तथा अन्य मसलन्द सामान तथा सेवा प्राप्त गर्न आवश्यक भएको हुँदा उल्लेख गरिएको कामको विवरण अनुसारको सेवा प्रदान गर्न इच्छुक सेवा प्रदायक फर्म/कम्पनीहरुबाट मिति २०८३ श्रावण २७ गते भित्र संघको कार्यालय सितापाईला, काठमाडौैंमा वा संघको ई–मेलमा प्राविधिक एवं वित्तिय विवरण सहितको सुचि दर्ता पेश गर्न आव्हान गरिन्छ ।
आवश्यक कागजात :- नागरिकताको प्रतिलिपि, कम्पनी दर्ता प्रमाण पत्र, पान/भ्याट, आ.व. २०८२/८३ को कर चुक्ता प्रमाण पत्रको प्रतिलिपी तथा कार्य अनुभवका प्रमाण पत्रहरु पेश गर्नुपर्नेछ ।