“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०८३” AgriMech International Expo 2026 का लागि बस्तु तथा सेवा खरिदका लागि दरभाउ (Rate Proposal) आह्वान गरिएको सम्बन्धि सूचना
Notice
२०८३/०५/३०
नेपाल सरकार, कृषि, वन तथा पर्यावरण मन्त्रालय, कृषि विभाग, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र, हरिहरभवन, ललितपुर र नेपाल कृषि मेशिनरी व्यवसायी संघको संयुक्त आयोजना र बागमती प्रदेश सरकार, कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय, हेटौंडा को सह–आयोजनामा यहि मिति २०८३ मंसिर ४, ५ र ६ गते भृकुटीमण्डप प्रदर्शनी हल, काठमाडौंमा आयोजना हुन गइरहेको “अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०८३” AgriMech International Expo 2026 का लागि आवश्यक बस्तु तथा सेवा प्रदान गर्न इच्छुक, अनुभवी तथा दर्तावाल फर्म/कम्पनीहरूबाट प्राविधिक तथा आर्थिक प्रस्ताव (Financial/Rate Proposal) आह्वान गरिन्छ।
नेपाल कृषि मेसिनरी व्यवसायी संघ (NAMEA)
सीतापाइला, काठमाडौँ
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०८३” AgriMech International Expo 2026 का लागि बस्तु तथा सेवा खरिदका लागि दरभाउ (Rate Proposal) आह्वान गरिएको सम्बन्धि सूचना
(प्रथम पटक प्रकाशित मिति: २०८३/०५/३०)
नेपाल सरकार, कृषि, वन तथा पर्यावरण मन्त्रालय, कृषि विभाग, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र, हरिहरभवन, ललितपुर र नेपाल कृषि मेशिनरी व्यवसायी संघको संयुक्त आयोजना र बागमती प्रदेश सरकार, कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय, हेटौंडा को सह–आयोजनामा यहि मिति २०८३ मंसिर ४, ५ र ६ गते भृकुटीमण्डप प्रदर्शनी हल, काठमाडौंमा आयोजना हुन गइरहेको “अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०८३” AgriMech International Expo 2026 का लागि आवश्यक बस्तु तथा सेवा प्रदान गर्न इच्छुक, अनुभवी तथा दर्तावाल फर्म/कम्पनीहरूबाट प्राविधिक तथा आर्थिक प्रस्ताव (Financial/Rate Proposal) आह्वान गरिन्छ।
१. कामको विवरण (Scope of Work)
दरभाउ पेस गर्दा देहाय बमोजिमका कार्यहरूको मूल्य (मूल्य अभिवृद्धि कर बाहेक) खुलाउनुपर्नेछ:
- Venue Carpeting
- Standard Octonorm Exhibition Stalls
- Food Court
- Welcome Gate & Entrance Fabrication
- Box Gate
- Flex Printing and Venue Branding
- Barricading
- Public Address (PA) & Sound System
- Electrical Supply and Wiring Works
- Dedicated High Speed Wi-Fi/ Internet
- Power Backup (Generators)
- Cleaning & Housekeeping Services
- 3 Security Guard Services
- CCTV Surveillance System
- Fire Safety
- VIP Lounge Setup
- Table
- Chair
२. पेस गर्नुपर्ने आवश्यक कागजातहरू (Required Documents)
इच्छुक कम्पनीहरूले आर्थिक प्रस्तावका साथै देहाय बमोजिमका प्राविधिक तथा योग्यता सम्बन्धी कागजातहरू (Technical & Experience Documents) अनिवार्य पेस गर्नुपर्नेछ:
- कम्पनी/फर्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
- PAN/VAT दर्ता प्रमाण पत्र
- आ.ब. २०८३/०८४ को कर चुक्ताको प्रमाण पत्र
- कम्पनी प्रोफाइल (Company Profile)
- अनुभव तथा योग्यता:
- इभेन्ट/प्रदर्शनी व्यवस्थापनमा कम्तीमा ३ वर्षको अनुभव
- ५० भन्दा बढी स्टल र ५,००० भन्दा बढी आगन्तुक सहभागिता भएका कम्तीमा ३ वटा ठूला इभेन्ट/प्रदर्शनी सफलतापूर्वक सम्पन्न गरेको प्रमाण
- जोखिम व्यवस्थापन अनुभव र आकस्मिक योजना (Contingency Plan)
- पेश गरेको दरमा काम गर्ने प्रतिबद्धता सहित दरभाउ आवेदन पत्र
३. प्रस्ताव पेश गर्ने तथा छनोट प्रक्रिया (Submission & Evaluation)
- दरभाउ फारम प्राप्त गर्ने स्थान: विस्तृत Specifications र Rate Submission Form संघको आधिकारिक वेबसाइट (www.nameanepal.org.np) को Download बाट डाउनलोड गर्न सकिनेछ। अथवा, संघमा सम्पर्क गरि संकलन गर्न सकिनेछ ।
- पेश गर्ने म्याद: यो सूचना प्रकाशित भएको मितिले १ हप्ता (७ दिन) भित्र (मिति २०८३/०६/०६ गते मध्यान्ह १२:०० बजे सम्म) संघको इमेल (namea2015@gmail.com) मार्फत वा कार्यालयमा पेश गरिसक्नुपर्नेछ। म्याद नाघी आएका वा अधुरा प्रस्तावहरू उपर कुनै कारबाही गरिने छैन। पेश गर्ने अन्तिम दिन सार्बजनिक बिदा परेमा भोलिपल्ट मध्यान्ह १२:०० बजे सम्म पेश गर्न सकिनेछ ।
- मूल्याङ्कनको आधार: प्रस्तावहरूको छनोट प्राविधिक तथा आर्थिक दुवै विश्लेषण (Technical and Financial Analysis) को आधारमा गरिनेछ।
४. सम्पर्क विवरण
- संस्था: नेपाल कृषि मेशिनरी व्यवसायी संघ (NAMEA)
- स्थान: सीतापाइला, काठमाडौँ
- सम्पर्क फोन नं.: ९८५१३३१७५८
- इमेल : namea2015@gmail.com