नेपाल कृषि मेशिनरी व्यवसायी संघ
Nepal Agricultural Machinery Entrepreneurs’ Association (NAMEA)

नेपाल कृषि मेशिनरी व्यवसायी संघको दशौं वार्षिक साधारण सभा सु–सम्पन्न

नेपाल कृषि मेशिनरी व्यवसायी संघको दशौं वार्षिक साधारण सभा सु–सम्पन्न

na-pa-l-ka-shha-ma-sha-nara-va-yavasa-ya-sa-ghaka-thasha-va-ra-shha-ka-sa-thha-ranae-sabha-sa-sama-pana-na
Event

२०८२/१२/१४

नेपाल कृषि मेशिनरी व्यवसायी संघको दशौं वार्षिक साधारण सभा मिति २०८२/१२/१४ गतेका दिन ललितपुरको कुपण्डोल हाईट स्थित होटल हिमालयमा सु-सम्पन्न भएको छ ।

नेपाल कृषि मेशिनरी व्यवसायी संघको दशौं वार्षिक साधारण सभा सुसम्पन्न

मिति : २०८२/१२/१४

स्थान : होटल हिमालय, कुपण्डोल हाईट, ललितपुर

नेपाल कृषि मेशिनरी व्यवसायी संघको दशौं वार्षिक साधारण सभा मिति २०८२/१२/१४ गतेका दिन ललितपुरको कुपण्डोल हाईट स्थित होटल हिमालयको सभाहलमा यस संघका अध्यक्ष श्री कृष्ण शर्मा ज्यूको अध्यक्षतामा नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव (कृषि तर्फ) डा. राजेन्द्र प्रसाद मिश्र ज्यू को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । साधारण सभाको विशिष्ट अतिथीको रुपमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष श्री अञ्जन श्रेष्ठ ज्यू, कृषि विभागका महानिर्देशक श्री प्रकाश कुमार सञ्जेल ज्यू र पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहाल ज्यू हुनुहुन्थ्यो । कार्यक्रमको संचालन संघका महासचिव श्री अर्जुन प्रसाद लुईटेल ज्यूले गर्नुभएको थियो ।

अतिथीहरुमा नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत तर्फका उपाध्यक्ष श्री हेमराज ढकाल ज्यू, नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष श्री दिनेश श्रेष्ठ ज्यू, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्र्धन महाशाखाका प्रमुख ई. जगन्नाथ तिवारी ज्यू, राष्ट्रिय कृषि इन्जिनियरिङ्ग अनुसन्धान केन्द्रका प्रमुख डा. श्रीमत श्रेष्ठ ज्यू, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकरण प्रवद्र्धन केन्द्रका प्रमुख श्री टिकाराम शर्मा ज्यू, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका बरिष्ठ कृषि इन्जिनियर डा. जीत बहादुर चन्द ज्यू, कृषि विकास कार्यालय ललितपुरका प्रमुख श्री तेज प्रसाद दवाडी ज्यू, FAO, CIMMYT, GOOD NEIGHNOURS INTERNATIONAL बाट प्रतिनिधि ज्यूहरु, NACCFL का अध्यक्ष एकराज उप्रेती ज्यू, ANAJ का अध्यक्ष श्री किरण आचार्य ज्यू, NRNA ICC का सचिव श्री माधव दुलाल ज्यू, राष्ट्रिय आविस्कार केन्द्रका महाप्रबन्धक श्री सन्जय झा ज्यू, नेपाल कृषि मेशिनरी व्यवसायी संघका पूर्व अध्यक्ष श्री स्वयम्भू कृष्ण श्रेष्ठ ज्यू, नेपाल कृषि मेशिनरी व्यवसायी संघका संस्थापक अध्यक्ष श्री महेन्द्र प्रसाद कंडेल ज्यू, नेपाल कृषि मेशिनरी व्यवसायी संघका सल्लाहकारहरु श्री निलकण्ठ शर्मा ज्यू, ई. मधुसुदन सिंह बस्न्यात ज्यू, डा. यमुना घले ज्यू, र देबराज कटुवाल ज्यू, साथै नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत तर्फका विभिन्न संघहरुबाट अध्यक्ष तथा प्रतिनिधि ज्यूहरुको सहभागिता रहेको थियो । त्यसै गरि कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ठ व्यक्तित्वहरु, देशभरबाट पाल्नुहुने नेपाल कृषि मेशिनरी व्यवसायी संघका सदस्य ज्यूहरु र पत्रकारहरुको उपस्थिती रहेको थियो ।

दशौं वार्षिक साधारण सभा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव (कृषि तर्फ) डा. राजेन्द्र प्रसाद मिश्र ज्यू ले पानसमा दियो बालेर विधिवत रुपमा सुरु भएको थियो । उद्घाटन सत्रमा यस संघका सचिव श्री श्री कृष्ण अधिकारी ज्यूले स्वागत मन्तव्य व्यक्त गर्नुभएको भएको थियो भने कार्यक्रममा अध्यक्षज्यूले वार्षिक कार्यक्रमको प्रतिवेदन साथै आर्थिक वर्ष २०८२/८३ को लागि कार्य योजना प्रस्तुत गर्नुभएको थियो । त्यस्तै कार्यक्रममा अतिथीज्यूहरु NACCFL का अध्यक्ष एकराज उप्रेती ज्यू, नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष श्री दिनेश श्रेष्ठ ज्यू, राष्ट्रिय कृषि इन्जिनियरिङ्ग अनुसन्धान केन्द्रका प्रमुख डा. श्रीमत श्रेष्ठ ज्यू, नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत तर्फका उपाध्यक्ष श्री हेमराज ढकाल ज्यू, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष श्री अञ्जन श्रेष्ठ ज्यू र प्रमुख अतिथि कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव (कृषि तर्फ) डा. राजेन्द्र प्रसाद मिश्र ज्यूले आफ्नो महत्वपूर्ण मन्तव्य राख्नुभएको थियो । उद्धाटन सत्रको समापन संघको उपाध्यक्ष श्री सुनिता न्हेम्हाफुकी ज्यूले धन्यवाद मन्तव्य व्यक्त गर्दै गर्नुभएको थियो ।

दशौं वार्षिक साधारण सभालाई भव्यताका साथ आयोजना गर्नका लागि यस संघमा आवद्ध विभिन्न कम्पनीहरुले आर्थिक सहयोग गर्नुभएको थियो । साधारण सभाका सहयोगी संस्थाहरुको रुपमा एस.के.टि. नेपाल प्रा. लि., आर एण्ड डि इनोभेटिभ सोलुसन प्रा. लि., जि सेभेन एग्रिकल्चर प्रा. लि., शलोम एग्रिकल्चर प्रा. लि., नेपाल टे्रड होस्ट प्रा. लि., बिन्दबासिनी कृषि कम्पनी प्रा. लि., सक्कल एग्रो ग्रुप, पशुपति एग्रो ट्रेर्डस, रसना टयाक्टर स्पेयर्स, बि.डि.एस. नेपाल प्रा. लि. र बि. टि. एल. ट्रेड प्रा. लि. थिए ।