NSAE र NAMEA बीच MoU सम्पन्न
News
२०८३/०४/१५
NSAE र NAMEA बीच MoU सम्पन्न
नेपाल कृषि इन्जिनियर्स सोसाइटी(NSAE) र नेपाल कृषि मेशिनरी व्यवसायी संघ (NAMEA) बीच नेपालको कृषि यान्त्रिकीकरण क्षेत्रको दिगो विकास तथा प्रवर्द्धनका लागि २०८३ साल श्रावण १५ गते समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ।
समझदारीपत्रमा कृषि इन्जिनियरिङका नवस्नातकका लागि इन्टर्नसिप कार्यक्रम सञ्चालन, संयुक्त अनुसन्धान तथा केस स्टडी, तालिम, प्राविधिक ज्ञान आदानप्रदान, क्षमता विकास तथा कृषि यान्त्रिकीकरणसँग सम्बन्धित अन्य सहकार्यका कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ।
समझदारीपत्रमा NSAE का अध्यक्ष डा. जीत बाहदुर चन्द र NAMEA का अध्यक्ष कृष्ण शर्माले हस्ताक्षर गर्नुभएको हो। यस सहकार्यले नेपालमा कृषि यान्त्रिकीकरणको आधुनिकीकरण, दक्ष जनशक्ति विकास तथा उद्योग–प्राज्ञिक क्षेत्रबीचको सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।