नेपाल कृषि मेशिनरी व्यवसायी संघ
Nepal Agricultural Machinery Entrepreneurs’ Association (NAMEA)

स–शुल्क आवासीय सुविधा सहित हाते ट्याक्टर (मिनी टिलर) मर्मत संभार तालिम संचालन हुनेबारे सूचना

स–शुल्क आवासीय सुविधा सहित हाते ट्याक्टर (मिनी टिलर) मर्मत संभार तालिम संचालन हुनेबारे सूचना

sa-sha-l-ka-aava-sa-ya-sa-va-thha-saha-ta-ha-ta-ta-ya-ka-tara-ma-na-ta-lra-mara-mata-sa-bha-ra-ta-l-ma-sa-ca-lna-ha-na-b-ra-sa-cana
Training

२०८२/०८/१२

नेपाल कृषि मेशिनरी व्यवसायी संघले हाते ट्याक्टर (मिनी टिलर) मर्मत संभार सम्बन्धि ५ दिने आवासीय तालिम समशितोष्ण बागवानी केन्द्रको तालिम हल, कीर्तिपुर, काठमाडौंमा संचालन गर्न गईरहेको हुनाले इच्छुक व्यक्तिले यो सूचना प्रकाशित भएको मितिले १४ दिन भित्र निम्न प्रदान गरिएको सम्पर्क विवरणमा आवेदन दर्ता गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।

स–शुल्क आवासीय सुविधा सहित हाते ट्याक्टर (मिनी टिलर) मर्मत संभार तालिम संचालन हुनेबारे सूचना

प्रथम पटक प्रकाशित (मिति २०८२ मंसिर १२ गते)

नेपाल कृषि मेशिनरी व्यवसायी संघले हाते ट्याक्टर (मिनी टिलर) मर्मत संभार सम्बन्धि ५ दिने आवासीय तालिम समशितोष्ण बागवानी केन्द्रको तालिम हल, कीर्तिपुर, काठमाडौंमा संचालन गर्न गईरहेको हुनाले इच्छुक व्यक्तिले यो सूचना प्रकाशित भएको मितिले १४ दिन भित्र निम्न प्रदान गरिएको सम्पर्क विवरणमा आवेदन दर्ता गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ । 

 

तालिममा सहभागी हुनका लागि :

१. नेपाली नागरिक हुनुपर्नेछ ।

२. कम्तिमा १६ वर्ष उमेर पुगेको व्यक्ति हुनु पर्नेछ ।

३. सामान्य लेखपढ गर्न जानेको हुनु पर्नेछ ।

४. तालिम शुल्क : रु १५,०००/- (अक्षरुपी पन्ध्र हजार रुपैयाँ मात्र ।)

 

उपलब्ध सुविधाहरु :

१. दक्ष एवं अनुभवी इन्जिनियर र वरिष्ठ प्राविधिकहरूबाट सैद्धान्तिक तथा व्यवहारिक दुबै विधिबाट प्रशिक्षण गरिनेछ ।

२. तालिम सम्पन्न प्रमाणपत्र प्रदान गरिनेछ ।

३. तालिम अवधिभर खाना तथा आवासीय सुविधा प्रदान गरिनेछ ।

 

आवेदनसँगै पेस गर्नुपर्ने कागजातहरु :

१. निवेदन

२. नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी 

३. सम्पर्क विवरण सहित व्यक्तिगत जानकारी 

 

आवेदन पठाउने इमेल ठेगाना : namea2015@gmail.com

अथवा, गुगल फर्मको मार्फत दर्ता लिङ्क : https://forms.gle/9usnzvvTgDZxME3w8

जम्मा सिट संख्या : २४

 

सोधपुछ या थप जानकारीका लागि 

सम्पर्क नम्बर : ९८५१३३१७५८ / ९८४६१५५१८०

 

नेपाल कृषि मेशिनरी व्यवसायी संघ

सितापाईला, काठमाडौं, नेपाल

इमेल : namea2015@gmail.com 

फोन : ९८५१३३१७५८, ९८४७५१३६७०

Website: www.nameanepal.org.np