नेपाल कृषि मेशिनरी व्यवसायी संघको नवौं वार्षिक साधारण सभा सु-सम्पन्न

2081-12-09
नेपाल कृषि मेशिनरी व्यवसायी संघको नवौं वार्षिक साधारण सभा मिति २०८१/१२/०९ गतेका दिन ललितपुरको कुपण्डोल हाईट स्थित होटल हिमालयमा सु-सम्पन्न भएको छ ।
नेपाल कृषि मेशिनरी व्यवसायी संघको नवौं वार्षिक साधारण सभा मिति २०८१/१२/०९ गतेका दिन ललितपुरको कुपण्डोल हाईट स्थित होटल हिमालयको सभाहलमा यस संघका अध्यक्ष श्री कृष्ण शर्मा ज्यूको अध्यक्षतामा नेपाल सरकारका माननीय कृषि तथा पशुपन्छी मन्त्री श्री रामनाथ अधिकारी ज्यू को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । साधारण सभाको विशिष्ट अतिथीको रुपमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव (कृषि तर्फ) श्री गोविन्द प्रसाद शर्मा ज्यू, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष श्री चन्द्र ढकाल ज्यू साथै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष श्री अञ्जन श्रेष्ठ ज्यूको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन संघका महासचिव श्री अर्जुन प्रसाद लुईटेल ज्यूले गर्नुभएको थियो । अतिथीहरुमा कृषि विभागका महानिर्देशक श्री प्रकाश कुमार सञ्जेल ज्यू, कृषि यन्त्र परिक्षण तथा अनुसन्धान केन्द्रका प्रमुख श्री रामनाथ झा ज्यू, कृषि उद्यम केन्द्र, FNCCI का सभापती श्री डि.बि. बस्नेत ज्यू, ANAJ का अध्यक्ष श्री किरण आचार्य ज्यू, नेपाल कृषि पत्रकार महासंघका महासचिव पवन श्रेष्ठ ज्यू, नेपाल कृषि मेशिनरी व्यवसायी संघका पूर्व अध्यक्ष श्री स्वयम्भू कृष्ण श्रेष्ठ ज्यू, नेपाल कृषि मेशिनरी व्यवसायी संघका संस्थापक अध्यक्ष श्री महेन्द्र प्रसाद कंडेल ज्यू, नेपाल कृषि मेशिनरी व्यवसायी संघका सल्लाहकार ई. मधुसुदन सिंह बस्न्यात ज्यू, नेपाल कृषि मेशिनरी व्यवसायी संघका सल्लाहकार श्री निलकण्ठ शर्मा ज्यू, कृषि ज्ञान केन्द्र, ललितपुरका प्रमुख, श्री तेज प्रसाद दवाडी ज्यू, साथै जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख, श्री श्याम कृष्ण अधिकारी ज्यू, नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत तर्फका विभिन्न संघहरुबाट अध्यक्ष तथा प्रतिनिधि ज्यूहरुको सहभागिता रहेको थियो । त्यसै गरि कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ठ व्यक्तित्वहरु साथै पत्रकारहरुको उपस्थिती रहेको थियो ।
नवौं वार्षिक साधारण सभा यस संघका कोषाध्यक्ष श्री श्री कृष्ण अधिकारी ज्यूले स्वागत मन्तव्य व्यक्त गरि शुरु भएको थियो भने कार्यक्रममा अध्यक्षज्यूले वार्षिक कार्यक्रमको प्रतिवेदन साथै आर्थिक वर्ष २०८१÷८२ को लागि कार्य योजना प्रस्तुत गर्नुभएको थियो । त्यस्तै कार्यक्रममा विशिष्ट अतिथीज्यूहरु कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव (कृषि तर्फ) श्री गोविन्द प्रसाद शर्मा ज्यू, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष श्री चन्द्र ढकाल ज्यू, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष श्री अञ्जन श्रेष्ठ ज्यू र प्रमुख अतिथि माननीय कृषि तथा पशुपन्छी मन्त्री श्री रामनाथ अधिकारी ज्यूले आफ्नो महत्वपूर्ण मन्तव्य राख्नुभएको थियो ।
नवौं वार्षिक साधारण सभामा संघको तर्फबाट सबैभन्दा बढि कर तिर्ने नामिया सदस्य (उत्कृष्ट करदाता) सम्मान कार्यक्रम २०८१, उत्कृष्ट किसान (२) जना र उत्कृष्ट कृषि पत्रकार (२) जना लाई आ–आफनो क्षेत्रबाट नेपालको कृषि र कृषि क्षेत्रको विकासमा राष्ट्र र समाज लाई पुर्याउनुभएको योगदानहरुको कदर गर्दै नगदसहित सम्मान वितरण गरिएको थियो । कुवेर एण्ड सन्सका संचालक श्री जे.पी घिमिरेले सबैभन्दा बढि कर तिर्ने नामिया सदस्य, श्री पहारी चौधरी, वर्दिया र श्री रुविया चौधरी, दाङ्ग लाई उत्कृट किसान सम्मान कार्यक्रम २०८१ र सेतोपाटी डट कमकी पत्रकार श्री सुनिता सिटौला र कृषि पत्रिकाका पत्रकार श्री गोपाल आले मगरलाई उत्कृष्ट कृषि पत्रकार सम्मान कार्यक्रम २०८१ ले सम्मान गरिएको थियो । सम्मान प्राप्त गर्ने सम्पूर्ण महानुभावलाई कार्यम्रममा कदर पत्र प्रदान गरि दोसल्ला ओडाईएको थियो भने उत्कृट किसानहरुलाई नगद रु ४०,०००/– र उत्कृष्ट कृषि पत्रकारहरुलाई नगद रु २०,०००/– प्रदान गरिएको थियो । उद्धाटन सत्रको समापन संघको उपाध्यक्ष श्री सुनिता न्हेम्हाफुकी ज्यूले सम्पूर्णमा धन्यवाद व्यक्त गर्दै गर्नुभएको थियो ।
नवौं वार्षिक साधारण सभाको मुख्य प्रायोजकको रुपमा एस.के.टि. नेपाल, सलोम एग्रिकल्चर र जि सेभेन एग्रिकल्चर थिए । गोल्ड प्रायोजकको रुपमा नेपाल चाइना एग्रिकल्चर सेन्टर, पशुपति एग्रो ट्रेर्डस, नेपाल टे«ड होस्ट, आर एण्ड डि इनोभेटिभ सोलुसन र नाफ सिडस थिए । सिल्भर प्रायोजकको रुपमा रसना टयाक्टर स्पेयर्स, बि.डि.एस. नेपाल, नख्खु सिडस, बि. टि. एल. ट्रेड र राजदेबी अटो ट्रेडिङ्ग थिए । साथै एस.के.टि. नेपाल प्रा. लि द्वारा उत्कृष्ट किसान सम्मान बापतको रकम रु ८०,०००/– को पनि प्रायोजन गरिएको थियो । नवौं वार्षिक साधारण सभाको सम्पूर्ण प्रायोजक कम्पनीहरुलार्ई कदर पत्र प्रदान गरि सम्मान व्यक्त गरिएको थियो ।